Logo
Logo

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल


315
Shares

चितवन ।  भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन् । भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनले यहाँ आएकी हुन् । 

The current image has no alternative text. The file name is: pratibha-rawal.jpg

सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन् ।  समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन् । मन्त्री रावलले भनिनन्, “धेरै समयदेखि उहाँहरू पीडामा हुनुहुन्छ । छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ ।” 

बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफै पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन् । 

मन्त्री रावलले भनिनन्, “सरकारले जनताको हकहितमा के काम गरिरहेको छ ?, आगामी कार्ययोजना के छ ? भन्नेबारे जनतालाई बताउनुपर्ने छ । उहाँहरू त्यो सुन्न आतुर हुनुहुन्छ ।” 

अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको  बताउँदै उनले भनिनन्, “त्यस्तो हुँदैन । हामीले काम गरिरहेका छौँ । कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ ।”

मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन् । 

उने भनिनन्, “जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौँ । कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ ।”

प्रतिक्रिया दिनुहोस्