Logo
Logo

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथ बिहीबार


189
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको शपथ ग्रहण समय तय भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कार्तिक १२ गते हुने गरी शपथको समय तय भएको हो । उनका अनुसार शपथ २ बजे केन्द्रीय कार्यालय सानेपामा हुनेछ । सपथसँगै निर्वाचित भएको प्रमाणपत्र समेत वितरण गरिनेछ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको उनले बताए । सभापति गगन थापाले भने यसअघि नै शपथ ग्रहण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्