Logo
Logo

एनपीएल- लुम्बिनीले टस जितेर फिल्डिङ रोज्यो, सुदूरपश्चिम ब्याटिङमा


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । अब सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने छ । 

तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । खेलको उद्द्दाटन प्रधानमन्त्री बालेन शाहले गर्नेछन् ।

खेल हेर्नका लागि अहिले दर्शकहरु स्टेडियम आउने क्रम जारी छ । अहिलेसम्म शिक्षा तथा खेलकुद मन्त्री सस्मीत पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता टियु मैदान पुगिसेकेका छन्।

प्रतिक्रिया दिनुहोस्