
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गरेका छन् । प्रधानमन्त्री बालेनले केहीबेर अघि कीर्तिपुरस्थित त्रिवि मैदान पुगेर तेस्रो सिजनको उद्घाटन गरेका हुन् ।
केहीबेरपछि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुँदैछ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ भने सुदूरपश्चिमले ब्याटिङ गर्नेछ ।















