Logo
Logo

साउदीमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन दूतावासको अनुरोध


252
Shares

काठमाडौं । साउदीको रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि दूतावासले विशेष सूचना जारी गरेर अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको हो ।

दूतावासले जारी गरेको ५ बुँदे अनुरोधपत्रमा साउदी अरेबियाका आधिकारिक निकायहरुबाट जारी हुने सुरक्षा निर्देशनहरुको पूर्ण रूपमा पालना गर्न भनिएको छ । विशेषगरी सुरक्षा सतर्कता सम्बन्धी चेतावनी जारी भएको समयमा बाहिर ननिस्कन दूतावासले आग्रह गरेको छ ।

दूतावासले सामाजिक सञ्जालको प्रयोगमा विशेष ध्यान दिन नेपालीहरूलाई सचेत गराएको छ । साउदी अरेबियाका आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, जानकारी, फोटो तथा भिडियोहरू अरूलाई नपठाउन र फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न कडा निर्देशन दिइएको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीहरुलाई पनि दूतावासले सावधानी अपनाउन भनेको छ । साउदी अरेबियाबाट नेपाल वा अन्य कुनै देशको हवाई यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गरेर मात्र विमानस्थल जान सुझाइएको छ ।

सुरक्षा अवस्था वा अन्य कुनै कारणले आवश्यक परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा तत्काल सम्पर्क गर्न पनि दूतावासले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्