Logo
Logo

साइप्रसका गैरआवासीय राजदूतले भेटे परराष्ट्रमन्त्री


189
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको सो भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबीच नेपाल र साइप्रसबीचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस भेटका अवसरमा परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीका बारेमा चासो व्यक्त गरेका थिए । साथै, बहुपक्षीय मञ्चहरुमा आपसी हित र सहकार्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्