Logo
Logo

ओलिभिया एजुकेसन कन्सल्टेन्सीमा महिला कन्टेन्ट क्रिएटरका लागि रोजगारी खुला


630
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित मिनभवनमा रहेको ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टरले महिला कन्टेन्ट क्रिएटरका लागि रोजगारीको अवसर खुला गरेको छ । संस्थाले शैक्षिक सामग्री निर्माण तथा सामाजिक सञ्जालका लागि सिर्जनात्मक भिडियो उत्पादन गर्ने उद्देश्यले महिला कन्टेन्ट क्रिएटर आवश्यक रहेको जनाएको छ ।

संस्थाका प्रबन्ध निर्देशक अजय कुशवाहाका अनुसार, उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारले न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, नेपाली र अंग्रेजी दुवै भाषामा राम्रो दख्खल भएको हुनुपर्नेछ ।

छनोट हुने उम्मेदवारले बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काम गर्नुपर्नेछ । तलब भने उम्मेदवारको योग्यता, क्षमता र आपसी सहमतिका आधारमा निर्धारण गरिने संस्थाले जनाएको छ । प्रबन्ध निर्देशक कुशवाहाले सिर्जनात्मक सोच भएका, नयाँ विचार प्रस्तुत गर्न सक्ने तथा सामग्री निर्माणमा रुचि राख्ने योग्य महिला उम्मेदवारलाई आवेदन दिन आग्रह गरेका छन्।

इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण (सीभी) र सिर्जनात्मक भिडियो [email protected] मा पठाउन सक्नेछन् । ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर काठमाडौंको मिनभवन, नयाँ बानेश्वरमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्