काठमाडौं । सिरहाको मार्डरमा हवाई फायर गरेर प्रहरीले दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाकइल बरामद गरेको हो । बिहीबार बिहान गस्ती टोलीलाई देखेपछि भाग्न खोजेका उनीहरूलाई एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।















