Logo
Logo

पक्राउ परेका सबै पत्रकार रिहा भए: सञ्चारमन्त्री


0
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका बताएका छन् ।

शुक्रबार सादा पोसाकका प्रहरीले सञ्चारमाध्यमबाट पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् ।

“पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,” उनले फेसबुकमा लेखेका छन्, “सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।”

प्रतिक्रिया दिनुहोस्