Logo
Logo

कीर्तिपुर मैदान सुकाइँदै, सुदूरपश्चिम र विराटनगरबिचको खेल हुने सम्भावना बढ्यो


252
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल हुने सम्भावना बलियो बनेको छ । वर्षाका कारण प्रभावित भएको खेलका लागि अहिले मैदानबाट कभर हटाउने काम भइरहेको हो । केही समयदेखि घाम लागेपछि खेल सञ्चालन हुने सम्भावना बढेको छ ।

The current image has no alternative text. The file name is: tu-ground.jpg

खेल बेलुकी ५ बजे सुरु हुने तालिका रहेको छ । तर, वर्षाले फेरि प्रभावित पारेमा खेल सुरु गर्न सकिने अन्तिम समय बेलुकी ७ बजेर ४१ मिनेटसम्म रहेको छ । निर्धारित समयभित्र खेल सुरु हुन सके दुवै टोलीबीच प्रतिस्पर्धा गर्ने छन् ।

वर्षाका कारण आज बिहान हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित गरिएको छ । लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबीचको खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक/एक अङ्क बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्