Logo
Logo

 कांग्रेसले बोलायो विशेष बैठक


315
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।

The current image has no alternative text. The file name is: gagan-thapa-3.jpg

पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको हो ।  बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्री सहभागी हुनेछन् ।

बैठकले सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने छ । बैठक लगत्तै समसामयिक विषयमा पार्टी सभापति थापाले धारणा राख्ने कार्यक्रम रहेको छ । सभापति थापाले धारणा राख्ने कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्