Logo
Logo

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द


315
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभापतिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् ।

The current image has no alternative text. The file name is: deuwa-samuhaa.jpg

सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन्  । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन भएका छन् ।

अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका १० वटै पालिकाका सभापतिसमेत चयन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्