काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको दार्चुला जिल्ला सभापतिमा सुरेन्द्रप्रसाद अवस्थी चयन भएका छन् ।खलंगामा सम्पन्न जिल्ला अधिवेशनले अवस्थीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

उपसभापतिमा लालसिंह धामी र दिलिप सिंह महता चयन भएका छन् भने सचिवमा लालबहादुर चन्द निर्वाचित भएका छन् ।अधिवेशनबाट ३७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको छ । शेरबहादुर देउवा समूहले २१ देखि २३ मङ्सिरसम्म काठमाडौंको खुलामञ्चमा समानान्तर महाधिवेशन गर्ने भएको छ।















