Logo
Logo

पृथ्वी राजमार्ग सोमबार दिउँसो तीन घण्टा बन्द हुने


189
Shares

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग भोलि (सोमबार) तीन घण्टा बन्द हुने भएको छ । आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जानकारी दिएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड), मुग्लिङ, चितवनको सूचनाका आधारमा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, धादिङका प्रशासकीय अधिकृत सन्देश मास्केले जानकारी दिए । उनका अनुसार दिउँसो २ बजेपछि भने सडकमा सवारी आवागमन खुल्ने छ ।

निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्धारित समयका लागि सवारी आवागमन रोक्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पृथ्वी राजमार्ग हुँदै काठमाडौं, चितवन, पोखरा तथा देशका विभिन्न गन्तव्यमा आवतजावत गर्ने सवारी साधन प्रभावित हुने भएकाले यात्रुले समय व्यवस्थापन गर्न अनुरोध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्