
काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनपुर बोल्ट्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो दिएका हुन् ।
खेलमा जनकपुर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो सिजनको विजेता रहेको यो टोलीले दुई खेल खेलिसक्दा समान एक जित र हार व्यहोरको छ । जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोरेको थियो । जनकपुरले दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई आठ विकेटले हराएको थियो ।
पोखरा भने पहिलो जितको खोजीमा छ । अंकविहीन बन्दै तालिकाको पुछारमा रहेको पोखराले एक खेल खेलेको छ । त्यसमा टोली दुईपटकको उपविजेता सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।















