Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक


315
Shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । यद्यपी, बैठकका एजेन्डाबारे केही खुलाइएको छैन । आज मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए ।

उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका छन् । विशेषगरी पत्रकार पक्राउ र मिडिया हाउसभित्रै गएर प्रहरीले धरपकड गरेकामा अहिले सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्