
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्र्जलाई जितका लागि १ सय ४८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको हो ।
जनकपुरका लागि ओपनर तृतराज दासले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५५ बलमा ७ चौका र २ छक्का हान्दा मेहदी हसनको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए । उनले ४९ बलमा ६ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए ।
एनपीएलमा तृतराजले हानेको यो छैटौँ अर्धशतक हो । यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्दसिंह ऐरि र लोकेश बमले अर्धशतक हानेका थिए ।
अर्का ओपनर मोइन अली २१ रन बनाउँदा सकिब अल हसनको बलमा क्याच आउट भए। उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
जिम्मी निसम ११ रनमा क्याच आउट भए। कप्तान हरमित सिंह र अनिल शाह समान ९ र सैफ हसनले १ रन थप्दै पेभेलियन फर्के। अविशेक तिवारी २४ रनमा अविजित रहे ।
पोखराका लागि सकिबले ३ विकेट लिए । मौहम्मद सैफुदिन र चमिका करुणारत्नेले समान एक विकेट आफ्नो नाममा गरे। मेहदी हसनले आफ्नो स्पेलमा १ मेडन राख्दै २४ रन खर्चेर १ विकेट लिए । पोखराले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।















