Logo
Logo

इलाममा अनसन थालेका डा गोविन्द केसी अस्पताल भर्ना


0
Shares

काठमाडौं । अनसनरत वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन थालेका उनको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार जिल्ला अस्पताल इलाममा भर्ना गरिएको हो ।

हिजो कात्तिक १४ गते राति करिब ८ अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कमी रहेको, पिसाबमा ‘एसिटोन’को मात्रा बढेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार केसी ‘टाइप टु डाइबिटिज मेलिटस’ का बिरामी हुन् । पूर्वाधारबिनै चिकित्सा शिक्षा पढाउन अनुमति दिएको विरोधमा केसीले कात्तिक १३ गतेदेखि २५औँ सत्याग्रह सुरु गरेका थिए। स्वार्थको द्वन्द्व देखिने निर्णयहरू खारेज गर्नुपर्ने उनको माग छ ।

चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएसमा मात्रै ११० सिट बढाएको छ। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५०, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट वृद्धि गर्ने निर्णय गरेपछि डा केसीले विरोध गरेका थिए। उनले सेनाको प्रतिष्ठानमा बढाइएको सिट तत्काल फिर्ता गर्न माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस्