Logo
Logo

भारतीय विदेश सचिव बुधबार नेपाल आउँदै


0
Shares

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल आउने भएका छन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ ।

दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ ।भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ। दुई दिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिश्री बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000