Logo
Logo

विपद्बारे राष्ट्रिय सभाको विशेष समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । भोटेकोशी एवं कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्बारे राष्ट्रिय सभाको संसदीय विशेष समितिले सम्बन्धित मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: bipad.jpg

भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

सङ्घीय संसद् सचिवालयस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विपद्बाट प्रभावित क्षेत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको अवस्था र सम्बन्धित मन्त्रालयले गरेका कामबारे छलफल हुने जनाइएको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000