Logo
Logo

प्रधानमन्त्री वालेनको भारत भ्रमणको चाँजो-पाँँजो मिलाउन भारतका विदेश सचिव नेपाल आउँदै


0
Shares

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा भोली बुधवार नेपाल आउने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले मङ्सिरको पहिलो साता भारत भ्रमणमा निस्कन लागेको बताइएका बेला मिश्री नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै भारतीय विदेश सचिवको नेपाल भ्रमणको औपचारिकतामा आउन लागेको जनाएको हो । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौं उत्रिन लागेका मिश्री बिहीबार स्वदेश फर्कने छन् ।

काठमाडौं बसाइका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको अजेन्डा तय गरिने जनाएको छ । परराष्ट्र मन्त्रालयले भने भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिवले भारतका विदेश सचिवसँग द्विपक्षीय वार्ता गर्ने जनाएको छ ।

साथै दुई देशबिचको लामो समयदेखिको घनिष्ट तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ भ्रमण तय भएको जनाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000