Logo
Logo

हेलिकोप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी ल्याइयो


0
Shares

काठमाडौं । सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

The current image has no alternative text. The file name is: medi-city.jpg

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित फेरिचे हेलिप्याडमा मङ्गलवार बिहान ८:११ बजे फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका थिए ।

प्रभु हेलिकोप्टरमार्फत पाइलटसहित घाइते दुवैलाई अस्पताल ल्याइएको हो । उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ । यस घटनामा ज्यान गुमाएका एक विदेशी पर्यटकको पनि पहिचान भएको छैन । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000