Logo
Logo

बैतडीमा जिप दुर्घटनास् एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते


0
Shares

बैतडी । बैतडीको मेलौली नगरपालिका-१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: accident.jpg

गए राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको थियो ।

दुर्घटनामा सात जना सवार रहेकामा घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो । उपचारका क्रममा राति ८: ३५ बजे पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000