Logo
Logo

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दै छ । आजको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि सरोकारवालासँग छलफल गर्ने भएको छ ।

The current image has no alternative text. The file name is: sanghiya-samsad-sachibalaya.jpg

बैठक आज अपराहन्न १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्नेछ ।  बैठकको मुख्य कार्यसूची मेलमिलापसम्बन्धी विधेयकमाथि सम्बन्धित सरोकारवालाको धारणा लिने रहेको छ । छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मेलमिलाप परिषद्का अध्यक्ष तथा सचिव, काठमाडौं र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका न्यायिक समिति संयोजक सहभागी हुनेछन्।

त्यस्तै, नेपाल बार एसोसिएसन, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका प्रतिनिधिलाई पनि छलफलमा आमन्त्रण गरिएको समितिले जानकारी दिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000