Logo
Logo

रुस, युक्रेन र अमेरिकाबीच एक साताभित्र त्रिपक्षीय वार्ता हुने


0
Shares

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप एक साताभित्र रुस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय वार्ता हुने भएको छ ।

The current image has no alternative text. The file name is: barta.jpg

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकफ र जेरेड कुश्नरसँग भएको छलफलपछि यस्तो जानकारी दिएका हुन् । उनीहरूबीच करिब डेढ घण्टा वार्ता भएको थियो ।

जेलेन्स्कीका अनुसार बेल्जियमको ब्रसेल्समा युक्रेनको पुनर्निर्माण र युद्धपछिको सुरक्षा प्रत्याभूतिबारे पनि अमेरिका, युरोपेली सङ्घ, नेटो तथा विश्व बैङ्कका प्रतिनिधिसँग छलफल भएको छ ।

उनले रुसका आक्रमणबाट नागरिकको सुरक्षा गर्न अमेरिकी प्याट्रियट क्षेप्यास्त्र प्रणालीका प्रतिरक्षा सामग्री उपलब्ध गराउन पनि आग्रह गरेका छन् । युद्ध अन्त्यका लागि युक्रेन कूटनीतिक पहल अघि बढाउन तयार रहेको उनले बताएका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000