Logo
Logo

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको दृश्य लाइभ हेर्न पाइने


0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान व्यवस्थापन प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन ब्यागेज ड्रप क्षेत्रको प्रत्यक्ष दृश्य आगमन कक्षमा उपलब्ध गराइएको छ ।

The current image has no alternative text. The file name is: airport.jpg

नयाँ व्यवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रिया प्रत्यक्ष हेर्न सक्नेछन् ।

यस व्यवस्थाले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । जसका कारण सामानको प्रतीक्षामा यात्रु अन्योलमा पर्ने गरेका थिए ।

नयाँ व्यवस्थाले ब्यागेज व्यवस्थापनमा पारदर्शिता बढाउनुका साथै यात्रुको प्रतीक्षा समयलाई सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000