Logo
Logo

प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीकर्तासँग सुनुवाइ समितिमा छलफल जारी


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ । समितिको  शुक्रवारको बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तालाई आमन्त्रण गरी छलफल भइरहेको हो ।

The current image has no alternative text. The file name is: samiti-1.jpg

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध उजुरी परेको हो ।

समितिको आजको कार्यसूचीमा उजुरीकर्तासँग छलफलपछि सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा। रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यक्रमसमेत रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000