Logo
Logo

दानबहादुर कार्कीको रिट दर्ता गर्ने कि नगर्ने भन्नेबारे आज छलफल हुँदै


0
Shares

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैर कानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिटको टुङ्गो आज (शुक्रवार) छलफल हुने भएको छ ।

The current image has no alternative text. The file name is: image-54.png

रिट निवेदन बिहीबार पेस भएको भए पनि अध्ययनका क्रममा रहेको र दर्ता हुने वा नहुने विषयमा आज छलफल हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सरकारले बुधवार कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् ।

सरकारले उनलाई हटाउनुको कारण खुलाएको छैन । सरकारले प्रहरी महानिरीक्षकमा डा९ मनोज कुमार केसीलाई नियुक्त गरिरहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000