Logo
Logo

कर्णाली याक्सले टस जित्यो, सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्ता 


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् ।

यस खेलमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।  योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

जारी प्रतियोगितामा कर्णाली याक्सले ३ खेलमा २ जित र एक हार बेहोरेको छ र अङ्क तालिकामा तेस्रो स्थानमा छ । त्यस्तै सुदूरपश्चिम रिय्ल्सले ४ खेलमा २ जित र २ हार बेहोरेर ४ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000