Logo
Logo

रुस-युक्रेन युद्ध अन्त्य गर्न सम्झौता हुन सक्ने ट्रम्पको संकेत


0
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँगको भेटवार्ता लगत्तै रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुन सक्ने बताएका छन् ।

उनले प्रस्तावित सम्झौतामा युक्रेनसँगै सम्पूर्ण युरोपसमेत सहभागी हुन सक्ने संकेत गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । ह्वाइट हाउस भएको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यो सम्झौतामा युक्रेनभन्दा बाहिरका पक्षसमेत संलग्न हुने बताए ।

यद्यपि, ट्रम्पले प्रस्तावित सम्झौताका मुख्य प्रावधान, सहभागी हुने देशहरू तथा रुस र युक्रेनले गर्नुपर्ने सम्भावित सहमतिबारे विस्तृत जानकारी दिएका छैनन् । ट्रम्प र दिमित्रीभबीच भएको छुट्टै भेटवार्ताले युक्रेनको प्रत्यक्ष सहभागिताबिनै अमेरिका र रुसले व्यापक युरोपेली सुरक्षा व्यवस्थाबारे छलफल गरिरहेका छन् कि भन्ने प्रश्न उठाएको द वासिङ्टन पोस्टले जनाएको छ ।

नयाँ कूटनीतिक पहल यसै हप्ता युएईको अबुधाबीमा अमेरिकी मध्यस्थतामा हुने रुस र युक्रेनका प्रतिनिधिबीचको वार्ताको पूर्वसन्ध्यामा अघि बढेको हो । कूटनीतिक प्रयास तीव्र भए पनि रुस र युक्रेनबीच मतभेद यथावत् नै छ ।

दुवै पक्षले हवाई तथा ड्रोन आक्रमण जारी राखेकाले युद्ध अन्त्यको सम्भावना तत्काल अनिश्चित देखिएको खबरमा उल्लेख छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000