Logo
Logo

काठमाडौं उपत्यकामा बढ्यो चिसो


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियसमा झरेको छ ।  नेपाल मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस देखिएको हो । 

The current image has no alternative text. The file name is: kathamandu-2.jpg

आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजेको मापनमा देखिनेछ । त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा अरू थोरै घट्ने सम्भावना हुन्छ । यद्यपि कहिलेकाहीँ त्यही कायम पनि रहन्छ । 

हिजो शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३.२ डिग्री सेल्सियस थियो । तथापि आजको न्यूनतम तापक्रम काठमाडौंका लागि यस वर्ष अहिलेसम्मकै कम भने होइन । यसअघि अक्टोबर २८ तारिखमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियसमा झरेको थियो ।  हाल काठमाडौं उपत्यकासहित देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000