काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो ।

योसँगै कर्णाली याक्सले पहिला बलिङ गर्ने भएको छ । जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अङ्क हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ । पोखर आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।


















