
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक बनाएका हुन् । उनले आक्रामक ब्याटिङ गरिरहेका छन् ।
उनलाई क्रिजमा कुशल भुर्तेलले साथ दिएका छन् । ताजा स्थितीमा पोखराले ९ ओभरमा १ विकेट गुमाएर ७६ रन जोडेको छ ।


















