Logo
Logo

यू-१९ एशिया कप :नेपालले पाकिस्तानविरुद्ध टस जितेर पहिला बलिङ गर्दै


0
Shares

काठमाडौं । जारी यू-१९ एशिया कप अन्तर्गत आज दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दै छ । ओमानमा हुने यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै पाकिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ । 

The current image has no alternative text. The file name is: nepal-pak.jpg

नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ र प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपाल भारत र युएईसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानले भने भारत र युएईलाई पराजित गरेको छ । 

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टिमलाई पठाएको छ । नेपाली टिममा निरज कुमार यादव, प्रशिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सुर्यान्शु कोइराला, अभय यादव, सुशील बहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट रहेका छन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000