Logo
Logo

एनपीएलका चार खेल खेलेर अस्ट्रेलिया फर्किए डेभिड वार्नर


0
Shares

काठमाडौं । काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) मा चार खेल खेलेर अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर स्वदेश फर्किएका छन् । गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको स्वदेश फिर्तीबारे जानकारी दिएका हुन् ।

केसीले वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना दिएका छन्। उनले काठमान्डु गोर्खाज र नेपालका लागि वार्नरले पु¥याएको योगदानको प्रशंसा गर्दै पुनः भेट हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

वार्नरले एनपीएलमा काठमान्डु गोर्खाजका लागि चार खेल खेल्दै कुल १२७ रन बनाएका थिए। उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी भएको थियो। वार्नरको आगमनले काठमान्डु गोर्खाजको ब्याटिङमा अनुभव थपिएको थियो। चार खेलपछि टोलीबाट बिदा भएका उनले आफ्नो छोटो एनपीएल यात्रामा खेलेका सबै खेलमा टोलीलाई जित दिलाउने संयोग बनाएका छन्।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000