Logo
Logo

आज काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा


0
Shares

काठमाडौं । सशस्त्र प्रहरीले भाइटीकाको दिन आज काठमाडौं र भक्तपुरमा निःशुल्क रूपमा बस सञ्चालन गरेको छ ।

सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।

काठमाडौं र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ ।

यसैगरी, प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

यस्तै, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्म सञ्चालन हुने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म सेवा दिनेछ ।

दसैँको समयमा समेत सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको डीएसपी थापाले बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000