Logo
Logo

चितवनविरुद्ध जनकपुरले टस जित्यो, पहिले ब्याटिङ गर्दै


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेपछि चितवनले पहिले बलिङ गर्ने भएको हो ।

लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकसहित तालिकाको पाचौँ स्थानमा छ । चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ । चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

यता २ खेलमा जित र ४ खेलमा हार व्यहोरेको जनकपुर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । जनकपुरले आजको खेलमा हार भोगे प्लेअफ दौडबाट बाहिरिनुपर्नेछ भने जित हात पारे अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000