
काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशल शपथ लिएका छन् । नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्णलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिएको हो ।


















