Logo
Logo

छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ : ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिने बताएका छन् । 

The current image has no alternative text. The file name is: kp-sharma-oli-2.jpg

आज छठ पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ;शुद्धता, संयम र निष्ठाको यस पावन पर्वले सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दछ। प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था जगाउँदै सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिन्छ ।;

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा कृतज्ञता र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस् । छठ पर्वको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना !’

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000