Logo
Logo

छठ पर्व मनाउन गुह्येश्वरी र गौरीघाटलाई दुलहीझै सिँगारिए


0
Shares

काठमाडौं । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रूपमा सजाइएको छ ।

The current image has no alternative text. The file name is: guyeswori.jpg

छठ पर्वको मु्ख्य दिन आज बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अर्घ्य दिन राजधानीको यो मुख्य छठ घाटलाई दुलहीझै सिँगारिएको हो । छठ घाट एवं छठी माताको मूर्ति सजावटलगायत सबै तयारी पूरा भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले राससलाई जानकारी दिए ।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाटको निर्माण गरिएको छ । विगत वर्षभन्दा यहाँ आउने छठ व्रतालु यस वर्ष बढेको पनि उनले सुनाए । कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रवार स्नान गरी चोखो खाएर व्रतालु बसेका थिए । यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।  
 
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत  गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । 

यसैबीच, वीरगञ्जबाट रासस समाचारदाताले जनाएअनुसार पर्साका छठघाट  पनि दुलहीझै सिँगारिएका छन् । यहाँका पोखरी, नदी, सरोवर र पौडी पोखरीसमेत झकिझकाउ पारिएको छ । 

घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष रूपमा सजावट गरेका घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले राससलाई जानकारी दिए । छठ व्यवस्थापनका लागि रु २६ लाख विनियोजन गरिएको उनले बताए । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000