Logo
Logo

एनपीएलमा कुशलको शक्तिशाली प्रहार, दोस्रो पटक फुटाए झ्याल


0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका पूर्वकप्तान कुशल भुर्तेलले यसपाली पनि झ्याल फुटाएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा उनले चौका प्रहार गर्दा स्कोर बोर्ड राखेको घरको झ्यालको सिसा फुटेको हो ।

काठमान्डु गोर्खाजविरुद्धको म्याचमा भुर्तेल तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका थिए । पाचौं ओभरमा उनले काठमाडौंका कप्तान करण केसीलाई लगातार तीन चौका प्रहार गरे ।

पहिले चौका हान्दा उनको प्रहार यति सशक्त थियो कि दुई पटक बल बाउन्स भएर लाग्दा पनि झ्याल फुट्यो । एनपीएलमा कुशलले झ्याल फुटाएको यो दोस्रो पटक हो । अघिल्लो सिजनमा उनले छक्का प्रहार गर्दा कमेन्ट्री बक्सको झ्यालमा लागेर भ्वाङ परेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000