Logo
Logo

रारा हिँडेको गाडी मुगुमा दुर्घटना, ३ जनाको मृत्यु


0
Shares

काठमाडौं । मुगुको टोप्लामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बा १७ च १८६४ नम्बरको रारा जाँदै गरेको गाडी सडकबाट चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते ५ जनामध्ये ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा ५४ वर्षिय विजय बस्नेत, ४४ वर्षिय रमेश बिडारी र ५२ वर्षिय पूर्ण बहादुर सुनाखरी रहेको मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिए । बस्नेत र बिडारी कलंकीका बासिन्दा हुन् । अन्य ललितपुर निवासी हुन् । घाइते २ जना अञ्जु थापा र कञ्चन बहादुर थापाको उपचारी छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000