Logo
Logo

श्रमको अभियान एमालेले चलाएको होः ओली


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमदान अभियानको थालनी श्रम संस्कृति पार्टीले नभई नेकपा (एमाले) ले शुरु गरेको टिप्पणी गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एमाले राष्ट्रिय जनप्रतिनिधि भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बबई सिंचाई आयोजना निर्माणको धेरै काम जनश्रमदानबाटै सम्पन्न भएको उल्लेख गर्दै त्यसको अगुवाई तत्कालीन एमाले सरकारले गरेको बताए । उनले एमालेको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियानमार्फत जनश्रमदानको माध्यमबाट मुलुकमा धेरै भौतिक विकास निर्माणका कामहरु समेत सम्पन्न भएको बताए । उनले संविधान निर्माणको क्रममा आफूहरु जोड स्थानीय तहलाई बलियो बनाउनुमा रहेको समेत उनले स्मरण गरे ।

उनले भने, ‘श्रम संस्कृति पार्टीले श्रमको अभियान चलाएको होइन । श्रमदानको साच्चैको अभियान बबई सिँचाई आयोजना भनेर बर्दीयामा हजारौँ मानिसले दैनिक रुपमा नहरदेखि बाँध निर्माण गर्ने कामहरु भएका थिए । त्यसपछि पनि श्रमदानबाट धेरै कामहरु अगाडि बढेको थियो । अहिले त्यसको विकसित रुपमा अभियान चलाइएको छ । हामीले बबई सिँचाई आयोजनालाई त्यहाँका नागरिकको सहयोगमा एउटा राष्ट्रिय आयोजना बनाउन सफल भएका थियौँ । त्यहाँ मात्र नभएर त्यो समयमा हामीले अन्य ठाउँमा समेत असाधारण तरिकाले श्रमदान अभियान चलाएका थियौँ ।’

अध्यक्ष ओलीले स्थानीय तह र प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाइएको भएपनि त्यसको कार्यान्वयनको समीक्षा गर्नुपर्ने बताए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000