Logo
Logo

भारतमा सडक दुर्घटना : बालबालिकासहित एकै परिवारका ९ जनाको मृत्यु


0
Shares

जयपुर । भारतको राजस्थानस्थित कोटा–उदयपुर राष्ट्रिय राजमार्गमा शुक्रवार र शनिबारको मध्यराति करिब २ बजे एक भीषण सडक दुर्घटना भएको छ । दुर्घटनामा परी बालबालिकासहित एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

The current image has no alternative text. The file name is: accident-5.jpg

यो घटना राति करिब २ बजे शम्भुपुरा गाउँ नजिकै भएको हो । तीव्र गतिमा रहेको एक ‘क्रुजर’ गाडी सडक छेउमा रोकिराखेको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा उषा बाई, सुशीला, कैलाश, सान्वी, सज्जन, अनिता, बाबुलाल, जाह्नवी र माधवी रहेका छन् । घाइते भएका ६ जनालाई एम्बुलेन्समार्फत न्यु मेडिकल कलेज अस्पताल पठाइएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ ।

खाटू श्यामजीको दर्शन गरेर फर्कँदै थिए श्रद्धालु

उक्त गाडीमा महाराष्ट्रको एकै परिवारका १५ जना सदस्य सवार थिए । उनीहरू सबै राजस्थानस्थित खाटू श्यामजीको दर्शन गरेर घर फर्कँदै थिए । प्रारम्भिक रिपोर्टअनुसार चालकको लापरबाहीका कारण यो दुर्घटना भएको हो । गाडी चलाउने क्रममा चालकलाई निद्रा लागेकाले दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै सिटी प्रहरी उपरीक्षक (एसपी) तेजस्वनी गौतम घटनास्थलमा पुगेकी थिइन् । प्रहरी र उद्धार टोलीले गाडीमा फसेका व्यक्तिहरूलाई बाहिर निकालेर घाइतेहरूलाई अस्पताल पुर्‍याएको थियो ।

पीडितहरूको हेरचाह र उपचारका लागि अस्पतालमा एक मेडिकल टोली पनि परिचालन गरिएको छ । अवस्थाको जानकारी लिन अतिरिक्त जिल्ला म्याजिस्ट्रेट (एडीएम-सिटी) लगायतका प्रहरी तथा प्रशासनिक अधिकारीहरू घटनास्थल र अस्पताल दुवै स्थानमा पुगेका थिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000