काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने लागेका प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

यादव शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल संसदीय दलका नेता रहेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।


















