Logo
Logo

फिट रहन र सुगर घटाउने उपाय ‘टो स्ट्यान्ड’ अभ्यास कसरी गर्ने ?


0
Shares

काठमाडौं ।  आजकल फिट रहनका लागि मानिसहरू जिममा घण्टौँ पसिना बगाउँछन्, तर कहिलेकाहीँ साना–साना बानीले पनि शरीरलाई ठूलो फाइदा पुर्‍याउन सक्छन् । खुट्टाको औँलाको बलमा उभिनु पनि यस्तै एक सहज व्यायाम हो, जसलाई घर, कार्यालय वा जहाँसुकै सजिलै गर्न सकिन्छ । यो अभ्यासले खुट्टालाई बलियो बनाउनुका साथै शरीरलाई अन्य थुप्रै फाइदाहरू पुर्‍याउँछ । 

The current image has no alternative text. The file name is: sugger-.jpg

खुट्टाको औँलाको बलमा उभिँदा पिँडुला र खुट्टाका मांसपेशीहरू सक्रिय हुन्छन्। यसले तिनमा शक्ति बढाउनुका साथै लामो समयसम्म हिँड्न वा उभिन सक्ने क्षमतामा सुधार ल्याउँछ । ‘टो स्ट्यान्ड’ गर्नाले मस्तिष्क र मांसपेशीबीचको तालमेल राम्रो भई शरीरको सन्तुलनमा सुधार आउँछ। सन्तुलन कायम राख्ने क्षमता बढ्ने भएकाले विशेषगरी वृद्धवृद्धाहरूका लागि यो निकै उपयोगी मानिन्छ । दिनभर बसिरहँदा वा कम सक्रिय हुँदा खुट्टामा रक्तसञ्चार सुस्त हुने गर्दछ । यस्तो अवस्थामा नियमित रूपमा यो अभ्यास गर्नाले खुट्टा र पैतालामा रक्तसञ्चारमा सुधार आई थकान र भारीपन कम महसुस हुन्छ ।

यसका साथै, टो स्ट्यान्ड अभ्यासले कुर्कुच्चा र घुँडा वरपरका मांसपेशीहरूलाई बलियो बनाउँछ, जसले गर्दा जोर्नीमा पर्ने अतिरिक्त दबाब कम भई दुखाइ वा कडापनबाट राहत मिल्छ । गलत तरिकाले बस्नाले वा हिँड्नाले बिग्रिएको शरीरको पोस्चर सुधार्न र मेरुदण्ड सीधा राख्न पनि यसले मद्दत गर्छ। यो व्यायामका क्रममा पेट र कम्मरका मांसपेशीहरू समेत सक्रिय हुने भएकाले शरीरको स्थिरता बढ्छ र कोर मांसपेशी बलियो हुन्छ । दिनभर उभिएर वा हिँडेर खुट्टा दुख्ने र थकान महसुस हुने समस्याबाट राहत पाउन पनि यो अभ्यास सहयोगी हुन सक्छ । 

यो अभ्यास गर्नका लागि सबैभन्दा पहिले सीधा उभिनुपर्छ र त्यसपछि बिस्तारै कुर्कुच्चालाई माथि उठाएर खुट्टाको औँलामा शरीरको सन्तुलन बनाउनुपर्छ । करिब १० देखि १५ सेकेन्डसम्म यही स्थितिमा रहेर बिस्तारै सामान्य अवस्थामा फर्किनुपर्छ। यस प्रक्रियालाई ८ देखि १० पटकसम्म दोहोर्‍याउन सकिन्छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000