Logo
Logo

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आव्हान


0
Shares

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताजमा आयोजित नेपाल-भारत व्यापारिक छलफललाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।

The current image has no alternative text. The file name is: wakle-1.jpg

भारतीय उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र यातायात तथा अन्य पूर्वाधार सम्पर्कका क्षेत्रमा नयाँ लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे । नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आह्वान गरे ।

‘नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘सूचना प्रविधि, जलविद्युत् र पूर्वाधार सम्पर्कका क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्नुहोस्। नेपालमा लगानी गरेकाहरूले पनि आफ्नो लगानी विस्तार गर्नुहोस् ।’

उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको बताए । लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी व्यवसायीका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000