Logo
Logo

दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनको सुनुवाइ स्थगित


0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।मुद्दामा विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा। मनोज केसीलाई म्याद बुझाउन बाँकी रहेकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

The current image has no alternative text. The file name is: image-54.png

यसअघि सर्वोच्च अदालतले नै प्रहरी महानिरीक्षक डा.केसीलाई म्याद बुझाउन गएको थियो । तर, उनको नाम प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भएको भन्दै प्रहरी प्रधान कार्यालयले म्याद बुझ्न अस्वीकार गरेको थियो ।

त्यसपछि दानबहादुर केसीले नै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । जुन निवेदनको आधारमा केसी प्रहरी महानिरीक्षक रहेको भन्दै निवेदन र आदेश सच्याइएको थियो । त्यसपछि म्याद बुझाउने कार्य रहेकाले सुनुवाइ स्थगित भएको हो । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000