Logo
Logo

ओखलढुङ्गामा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते


0
Shares

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-२ खनेखर्कस्थित निशंखे-ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

The current image has no alternative text. The file name is: accident-6.jpg

सोमबार बिहान निशंखेबाट सिद्धिचरण नगरपालिका-८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोष्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूलाई उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000