Logo
Logo

वालेनले मोदीलाई दिए पशुपतिनाथ मन्दिरको प्रसाद सेट


0
Shares

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन्  ।

The current image has no alternative text. The file name is: balen-modi-3.jpg

उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ । आज दिल्लीमा भएको भेटमा वालेनले कलात्मक काठको बट्टाभित्र राखेर उपहार दिएका थिए ।

भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए । मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।

मोदीलाई वालेनले दिएको यो उपहारसेट व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ । दूतावासको तर्फबाट भने प्रधानमन्त्री मोदीलाई मच्छिद्रनाथको उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000